संसद्

संसद्‌मा पोलिग्राफ टेस्टको व्यवस्था गर्न रघुविर महासेठकाे माग

इकागज |
जेठ २४, २०८० बुधबार १२:२१ बजे

काठमाडौँ– एमाले सांसद् रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा बाहिर भिडियोमा एउटा र संसद्‌मा अर्को कुरा भएको भन्दै संसद्‌मा पोलिग्राफ टेस्टको व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा सरकार आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 


‘प्रधानमन्त्रीको भ्रमणमा भारतमा खिचिएको अडियो, भिडियो हेर्दा एकथरी कुरा, यो संसद्‌भित्र अर्को थरी कुरा भयो,’ उनले भने, ‘त्यसैले प्रश्न कर्ता गलत थियो कि जवाफ दिने गलत थियो ? त्यसको लागि म अर्थमन्त्रीजी लाई अनुरोध गर्न चाहान्छु–हामीसँग स्वास्थ्यसम्बन्धी उपकरण धेरै छन् । जहिल्यै पनि सुगर र ब्लड परीक्षण गरिरहेका छौँ । त्यसकारणले एउटा पोलिग्राफ टेस्टिङ मेसिनको व्यवस्था होस् ।’ 

उनले संसद्‌मा पोलिग्राफ टेस्टिङ मेसिन राखेपछि आगामी दिनमा संसद्‌मा दिइने जवाफहरू सहि हुने अनुमानसमेत गरे ।
 


Author

थप समाचार
x