संसद्

कुलुङ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न सांसद दीपक खड्काको माग

इकागज |
जेठ २५, २०८० बिहीबार ११:५४ बजे

काठमाडौँ–प्रतिनिधिसभा सांसद दीपक खड्काले कुलुङ जातिहरूलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारसँग यस्तो माग राखेका छन् । 


‘संखुवासभा जिल्लामा रहेका कुलुङ जातिहरू लगभग २२ वटा जिल्लामा रहेका झण्डै डेढ लाख जनसंख्या भएको समुदाय २०५८ सालको आदिवासी जनजातिको सूचीमा सूचीकृत भएन,’ उनले भने, ‘त्यस पश्चात डा. ओम गुरुङको पालामा यो जाति आदिवासी जनजाति हो भनेर सूचीकृत गर्न अनुरोध गरिएको थियो । त्यो पनि बेवास्था गरेर यो जातिमाथि अन्याय भएको  छ । आदिवासी जनजातिमा सूचीकृत गरियोस् ।’


Author

थप समाचार
x