संसद्

सरकारलाई प्रभू शाहको प्रश्न–किसानको पीडा पीडा हो कि होइन ?

इकागज |
जेठ २५, २०८० बिहीबार १२:१२ बजे

काठमाडौँ–आम जनता पार्टीकाका सांसद् प्रभू शाहले सरकारलाई किसानको पीडा हो कि होइन भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । ‘हजारौँको संख्यामा रहेको घोड गधा (निल गाई)ले दैनिक विघाह का विघाह बाली नष्ट गरिरहेको छ,’ उनले भने, ‘खासगरी नदि किनारका किसानहरू वर्वाद भइरहेका छन् । म सरकारसँग जान्न चाहान्छु, किसानको पीडा पीडा हो कि होइन ? यदि हो भने सरकारले ती जनावरलाई नियन्त्रण गर्न नसक्ने हो र ?’


उनले ती जंगली जनावरलाई नियन्त्रण गर्नसमेत सरकारलाई माग गरेका छन् । सरकारले कानुनका अनुसार जनवारले बिगारेको बालीको क्षतिपूर्ति किसानलाई दिनुपर्ने उनको माग छ । 


Author

थप समाचार
x