संसद्

सरकार किसानको अभिभावक बन्देऊ : सांसद बर्तौला

इकागज |
जेठ २६, २०८० शुक्रबार १२:३३ बजे

काठमाडौँ– नेकपा एमालेका सांसद महेश बर्तौलाले किसानलाई मल बिउकाे अभावले सधैँ समस्या भएको भन्दै सरकारलाई किसानको अभिभावक बन्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । 

‘नेपालका किसानको चेहेरामा कहिल्यै खुसी देख्न सकिएन,’ उनले भने, ‘सरकारले मल बिउ दिँदैन, समस्यामा किसान । सरकारले उत्पादनको मूल्य र बजार दिँदैन त्यसले समस्यामा किसान । गाईबस्तुमा लम्की स्किन रोग लाग्छ, समस्या र पीडामा किसान । अहिले सरकारकै कारण कृषि बीमा रोकिएको छ, यसले पनि किसान समस्यामा छन् ।’


अहिले पनि खडेरी परेर तापक्रम बढ्दा किसान बाली सुकेर उनीहरू ठूलो पीडामा भएकाले सरकारले राहत र क्षतिपूर्ती दिनुपर्ने उनले माग गरे । 
 


Author

थप समाचार
x