संसद्

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

इकागज |
जेठ २६, २०८० शुक्रबार १५:४ बजे

काठमाडौँ– प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेकी थिइन् । त्यसलगत्तै सो पार्टीका सांसदहरूले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।


सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उल्लंघन भएकाले नियमापत्ति गर्नु परेको बताएकी थिइन् ।

उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ । मलाई थाहा छ । हाम्रो फाइनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर । तर, यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरू सोध्दाखेरी उहाँ नभइदिँदाखेरी अर्को एउटा नियम छ १४२ । जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उल्लंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूची थियो ।


Author

थप समाचार
x