संसद्

बजेटले उत्पादनलाई प्रोत्साहन गरेन : दामोदर भण्डारी

इकागज |
जेठ २६, २०८० शुक्रबार १७:१६ बजे

काठमाडौँ– नेकपा एमाले सांसद दामोदर भण्डारीले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले उत्पादनलाई प्रोत्साहन नगरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा भइरहेको बजेट छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘यसले उत्पादन भन्दा आयातित नीति अख्तियार गरेको छ,’ उनले भने, ‘उत्पादनमा कर लगाउने । आज चामलमा नुनमा, तेलमा कर लगाउने । तर, आयातित वस्तुमा कर मिनाहा गरेको छ । आयातित ३ सय वटा वस्तुमा कर मिनाहा गरेको  छ। यसैले यो बजेटले वस्तु आयात मात्रै गर्ने भयो उत्पादनलाई प्रोत्साहन गरेन ।’ 



Author

थप समाचार
x