संसद्

बजेट उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेमा केन्द्रित छ : अर्थमन्त्री महत

इकागज |
जेठ २९, २०८० सोमबार १३:४७ बजे

काठमाडौँ–अर्थमन्त्री प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेमा केन्द्रित रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले ल्याएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘देशभित्र उत्पादन कसरी बढाउने ? रोजगारी कसरी सिर्जना गर्ने ? बाहिर जाने युवाहरूको व्यग्रता छ, त्यसलाई यहीँ भित्र उपयोग कसरी गर्ने ? यहीँ अवसरहरू छन्,’ उनले भने, ‘यहीँ रोजगारी सिर्जना हुन सक्दछ । यही आम्दानी हुन सक्छ भन्ने तर्फ बजेटले गम्भीरताका साथ हेरेको छ ।’ 


अर्थमन्त्री महतले अहिले युवाहरूलाई आइटी क्षेत्रमा लगाउन सकिने भएकाले  सरकार  त्यता केन्द्रित भएको बताए । देशभित्रै रोजगारी सिर्जना गर्न विशेष योजना ल्याउन पनि बजेट केन्द्रित रहेको उनको भनाइ छ । देशभर रहेका बाँझो जमिनलाई पनि उत्पादनमुखी बनाउने बजेट भएको उनले जानकारी दिए ।


Author

थप समाचार
x