संसद्

हाम्रो लक्ष्य भनेको हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने हाे : अर्थमन्त्री महत

इकागज |
जेठ २९, २०८० सोमबार १४:१२ बजे

काठाडमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले सरकारको लक्ष्य भनेको हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन् । 

‘बजेटले समाजवाद उन्मुख कुरा गरेर भन्ने कुरा उठेको छ,’ उनले भने, ‘मैले हरेक पटक हरेक कागजातमा त्यो दोहो¥याउनुपर्छ भन्ने हुँदैन । तर मूल कुरा संविधानलाई ‘कोट’ गरेरै बजेट वक्तव्यमा यी कुराहरू आएको छ । संविधानमा जे व्यवस्था त्यसलाई बजेटले समावेश गरेर त्यही लक्ष्यमा बजेट अगाडि बढेको छ ।’


बजेट समाजवाद उन्मुख नरेको भन्ने प्रश्नको जवाफ दिँदै उनले हरेक नागरिकलाई समृद्धिको पहुँचमा पु¥याउनु नै समाजवाद उन्मुख रहेको बताए ।  ‘समाजवाद उन्मुख भनेको  आर्थिक वृद्धि गर्ने र त्यसको पहुँचमा आम नागरिकलाई पु¥याउने हो,’ उनले भने, ‘वृद्धि मात्रै भएर भएन । केही वर्गले मात्रै फाइदा लिएर भएन । त्यो समाजवाद हुँदैन । उत्पादन त बढ्यो । आर्थिक वृद्धि भयो । तर आर्थिक वृद्धिको पहुँचमा आम नागरिक पुगेनन् भने त्यो समाजवाद भएन नि । हामी नेपाली कांग्रेस पनि लोकतान्त्रिक समाजवादमा विश्वास गर्छौँ ।’

नागरिकका लागि राज्यले गर्नुपर्ने दायित्वहरू राज्यले गर्ने भनेरै बजेटमा ल्याइएको पनि उनले बताए । आम नागरिकतले आफ्नो सिर्जना र सम्भावनामा क्षमता योग्यता प्रयोग गरेर गर्ने काममा पनि राज्यले सहयोग गर्ने नीति राज्यको भएको उनले बताए ।  ‘हाम्रो लक्ष्य भनेको हरेक नागरिकलाई समृृद्धिको पहुँचमा पु¥याउने हो,’ उनले भने, ‘त्यही हो लोकतन्त्रको आधारमा समाजवाद उन्मुख भनेको ।’ 


Author

थप समाचार
x