संसद्

'निर्वाचन कार्यालय खारेज भएको होइन, खर्च कटौती गर्न सिडिओ कार्यालय परिसरमा सार्ने मात्रै भनिएको हो'

इकागज |
जेठ २९, २०८० सोमबार १४:४८ बजे

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नभएको भनि प्रष्टोक्ति दिएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन् । 

‘निर्वाचन कार्यालयको कुरा आएको छ,’ उनले भने, ‘यो कार्यालय खारेज भएको होइन । त्यो छुट्टै जुन कार्यालय थियो । त्यसको सट्टामा सिडिओ कार्यालयको भवन भित्रै त्यसको निर्वाचन कार्यालयको इकाइ राख्ने निर्णय गरिएको हो । त्यसले खर्चमा केही कमी हुन्छ भनेर गरिएको हो ।’


यस्तै स-साना कार्यालयको खर्च जोडेर नै धेरै खर्च कटौती हुने सरकारको आशय भएको समेत उनले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्वमा कुनै असर नपर्ने गरी यस्तो निर्णय गरिएको उनको भनाइ छ ।


Author

थप समाचार
x