संसद्

अर्थमन्त्रीलाई रघुजीको प्रश्न : तपाईँले बजेट भाषण गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?

इकागज |
जेठ २९, २०८० सोमबार १५:१ बजे

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्रीलाई बजेट भाषण गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ? भनि प्रश्न गरेका छन् । सोमबार अर्थमन्त्रीले प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्दै पन्तले प्रश्न गरेका हुन् । 

‘अर्थमन्त्री ज्यूले बजेट पेस गर्नु भन्दा अगाडि प्याजको भाउ ५० रुपयाँ थियो,’ उनले भने, ‘हिजो ८५ रुपैयाँ थियो । आज १०० रुपैयाँ नाघेको छ । कतिपय ठाउँमा पाइँदैन । आलुको भाउमा पनि २० देखि २५ प्रतिशत वृद्धि भएको  छ । तर, नेपाली किसानको गोलभेडा र तरकारीहरू अहिले पनि बारीमा खेर फाल्ने काम भएको छ । त्यसैले मेरो प्रश्न उहाँले बजेट प्रस्तुत गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?’
 



Author

थप समाचार
x