संसद्

अर्थमन्त्रीलाई सांसद अग्रहरीको प्रश्न : के मधेशका जनताले कर तिरिरहेका छैनन् ?

इकागज |
जेठ २९, २०८० सोमबार १६:४ बजे

काठमाडौँ– प्रतिनिधिसभा सांसद अमृतादेवी अग्रहरीले बजेटमा मधेशलाई विभेद गरिएकाे भन्दै अर्थमन्त्रीलाई मधेशको जनताले कर तिरिरहेका छैनन् ? भनि प्रश्न गरेकी छिन् ।

सोमबार अर्थमन्त्रीले प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्दै अग्रहरीले यस्तो प्रश्न गरेकी हुन् । 


‘अस्ति तिलौराकोटको विषयमा कुरा उठाएको थिए । त्यसमा राज्यको नीति के छ ? मधेसको हुलाकी सडक मधेशको मेरुदण्ड हो,’ उनले भनिन्, ‘समग्र मधेशको विषयमा जुन किसिमको बजेट विनियोजन भएको छ । त्यो विभेदकारी छ । अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ– के मधेसका जनता कर तिरिरहेका छैनन् ? किन मधेशको साथमा यति विभेद भइरहेको छ ?’


Author

थप समाचार
x