संसद्

संसद् बैठक स्थगित, बिहीबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुने

इकागज |
जेठ २९, २०८० सोमबार १८:५३ बजे

काठमाडौँ– प्रतिनिधिसभाको आज (सोमबार)को बैठक स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफल सकिएसँगै बैठक स्थगित भएको हो । 

गत सोमबारदेखि चलेको बजेटमाथिको छलफलमा सांसदहरूले अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न सोधेका थिए । अर्थमन्त्री महतले सोमबारसम्म उठेका प्रश्नहरूको उत्तर दिएका थिए । 


प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार बस्नेछ । जेठ ३२ देखि असार १२ गतेसम्म बजेटमाथि मन्त्रालयगत छलफल हुनेछ । 
 


Author

थप समाचार
x