सांसद रेखा यादवको प्रश्न–के देशका नागरिकलाई सधैँ अनागरिक बनाइरहने हो ?
काठमाडाैँ–प्रतिनिधिसभा सांसद रेखा यादवले नागरिकता पीडितले माइतीघरमा आत्मदाह गर्ने प्रयास गरेको भन्दै देशका नागरिकलाई सधैँ अनागरिक बनाइरहने हो भन्ने प्रश्न गरेकी छिन् । सांसद यादवले बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सरकार र न्यायालयलाई प्रश्न गरेकी छिन् ।
‘माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका विराटनगर निवासी निरज कामतले आत्मदाह गर्ने प्रयास गरेका छन्,’ उनले भनिन्, ‘के हामीले सधैँ हाम्रा देशका नागरिकलाई अनागरिक बनाइरहने हो ? किन यो अनागरिक बन्नु परेको हो ? उनीहरूले बारम्बार पीडा पोखिरहेको र यही सदनमा हामीले बारम्बार उठाइरहेको हो ।’
आफ्ना नागरिकलाई आत्मदाह गर्ने अवस्थामा नपु¥याउन उनले सरकार र न्यायलयलाई अनुरोध समेत गरिन् । ‘यसरी आफ्नै देशका नागरिकलाई अनागरिक नबनाइयोस्,’ उनले भने, ‘उनीहरूले आफ्ना लागि नागरिकता मागेका हुन् । आफू नेपाली हुँ भनेर पहिचान मागेका हुन् । उनीहरूले कुनै विदेशीको लागि मागेका होइनन् । उनीहरूले नागरिकता नपाउँदा शिक्षाबाट बञ्चित भएका छन् । म न्यायालयलाई पनि अनुरोध गर्न चाहन्छु यसरी आत्मदाह गर्ने बाटोतिर नडो¥याइदियोस् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया