संसद्

सांसद अब्दुल खानको प्रश्न– नागरिकता पीडितले सामूहिक आत्मदाह गरे त्यसको जिम्मेवारी सरकारले लिने कि न्यायालयले ?

इकागज |
जेठ ३२, २०८० बिहीबार १२:११ बजे

काठमाडौँ–जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता पीडितले नागरिकता नपाएर सामूहिक आत्मदाह गरे त्यसको जिम्मेवारी कसले लिने भनि सरकार र न्यायालयलाई प्रश्न गरेका छन् । सांसद खानले बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै यस्तो प्रश्न गरेका हुन् ।

‘हामीले हेरिरहेका छौँ सरकारको ध्यान कतातिर छ,’ उनले भने, ‘अहिले नागरिकताबाट वञ्चित भएका सन्तानहरूले विभिन्न जिल्लाहरूमा र काठमाडौँको माइतीघरमा आत्महत्या गर्ने कोशिस गरिरहेका छन्  । यो प्रयास एकदुई दिन भित्र रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्नेछन् । त्यसको जिम्मेवारी कसरले लिने ? नेपाल सरकारले लिने कि नेपालको न्यायालयले लिने ? 


सरकार र न्यायालय सचेत नभए यस्तो समस्याको जिम्मेवारी कसले लिने भन्दै उनले सरकारसँग जवाफ मागेका छन् । 


Author

थप समाचार
x