संसद्

सांसद सन्तोष परियारको प्रश्न– विश्वविद्यालयमाथि हमला हुँदा सरकार के हेरेर बसेको छ ?

इकागज |
जेठ ३२, २०८० बिहीबार १२:२७ बजे

काठमाडौँ––राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले विश्वविद्यालयमा आक्रमण भइरहँदा सरकार के हेरेर बसेको छ भनि प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

‘जेठ २३ गते भक्तपुर क्याम्पसको नवनियुक्त क्याम्पस प्रमुखको कुर्सीलाई रुखमा झुन्ड्याइयो,’ उनले भने, ‘उहाँको नेम प्लेटलाई पनि रुखमा झुन्ड्याइयो । विद्यार्थी विरोधका नाममा जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालो मोसो दलियो । लगभग ३ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापकलाई दिनदहाडै सांघातिक हमला गरियो । यसरी विश्वविद्यालयमाथि यस्ता हमलाहरू हुँदा सरकार के हेरेर बसेको छ ?’

विश्वविद्यालयमा गुणस्तर घटिरहने र  गुण्डागर्दी चलिरहे विश्वविद्यालय देशको भविष्य कता जाने शिक्षा मन्त्रालयलाई प्रश्न गरे । उनले घटनाको यथार्थ विवरण प्रस्तुत गर्न शिक्षा मन्त्रीलाई अनुरोध समेत गरेका छन् । 



Author

थप समाचार
x