संसद्

संसद्‌ बैठक बस्दै : उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

इकागज |
असार १, २०८० शुक्रबार ६:४० बजे

काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद्‌ भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजे बोलाइएको छ ।


संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाइएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ। 


Author

थप समाचार
x