संसद्

सुरुङ मार्गले क्षति गरेका घरलाई तत्काल सरकारले क्षतिपूर्ति दिइयोस् : सांसद श्रेष्ठ

इकागज |
असार १, २०८० शुक्रबार १२:२६ बजे

काठमाडौँ–नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै सरकारले तत्काल क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सुरुङ मार्गको दहचोक खण्डमा ब्लाष्टिङका कारण वरपरका घर चर्किन थालेको भन्दै सरकारसँग यस्तो माग राखेका हुन् । 


‘सुरुङ निर्माणको क्रममा भित्र ढुंगा ब्लाष्टिङ गर्दा त्यसको ब्लाष्टिङले वरपरका घरहरू चर्किन थालेको छ । त्यसकारण सुरुङ मार्ग परियोजनाले ती घरहरूमा यथास्थिति जे जस्तो छ, त्यसको अध्ययन गरेर क्षतिभएका घरलाई तत्काल सरकारले क्षतिपूर्ती गरोस् ।’

जोखिममा भएका घरहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने पनि उनको भनाइ छ । सुरुङ मार्गको निर्माण कार्यमा ढिलाइ भएको भन्दै उनले निर्माण कार्य छिटो गराउन पनि सरकारसँग अनुरोध गरेका छन् ।


Author

थप समाचार
x