संसद्

बैंक लुटे जसरी चार यारहरूले बजेट लुटे र अँध्यारो कोठामा गएर भागबण्डा गरे : अध्यक्ष राउत

इकागज |
असार १, २०८० शुक्रबार १५:६ बजे

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताएका हुन् ।

उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबण्डा गरेको जिकिर गरे । सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाइ छ । अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए ।


उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरूको निरिहता भएको बताए । उनले बजेट योजना र दृष्टिविहीन भएको बताए ।


Author

थप समाचार
x