संसद्

बजेटले समावेशीताको मर्मलाई समेट्न सकेन : सांसद शुक्ला

इकागज |
असार १, २०८० शुक्रबार १६:५२ बजे

काठमाडौँ– प्रतिनिधिसभा सांसद सर्वेन्द्रनाथ शुक्लाले मानव विकासका बहुआयामिक पक्षलाई बजेटले उपेक्षा गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद​ शुक्लाले समावेशीताको मर्मलाई बजेटले समेट्न नसकेको बताए । 

‘जुन प्रदेश र क्षेत्र मानव विकास सूचकाङ्कमा पछाडि छ, त्यहाँ सबभन्दा कम बजेट हालिएको छ । जोसँग धेरै छ, उसैलाई धेरै दिने समाजवादको योभन्दा ठूलो उपहास के हुन सक्छ,’ उनले भने । 


त्यस्तै, विगतका वर्षमा बजेट संशोधन भएको उदाहरण दिँदै सांसद सुक्लाले यस वर्षको बजेट पनि संशोधन आवश्यक रहेको बताए ।

शुक्रबार प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ । 


Author

थप समाचार
x