संसद्मा बडुले उठाए शिक्षक आन्दोलनको विषय : भन्छन्- प्रहरी दमन र तानाशाही प्रवृत्तिले समाधान हुँदैन
काठमाडौँ– संसदमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूकाे केही दिनयता गरिरहेको आन्दोलनको विषय उठेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दिलेन्द्र बडुले उक्त विषय उठाउँदै सरकारलाई यसप्रति गम्भीर हुन आग्रह गरेका छन् ।
शिक्षकहरू आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । ‘पछिल्लोपटक शिक्षा मन्त्रालयसँग प्रत्येक विद्यालयमा एउटा कार्यालय सहयोगी र प्रत्येक माविमा खरदार सरहको एउटा लेखापालको दरबन्दी दिने र न्यूनतम् पारिश्रमिक दिने सहमति भएको छ । नीति तथा कार्यक्रममा पनि उक्त विषय सम्बोधन भएको छ । तर, बजेट बनाउँदा बिर्सिइएको अवस्था हो ।’
यो समस्या प्रहरी दमन गरेर वा जागिर खाइदिन्छु भन्ने तानाशाही प्रवृत्तिले समाधान गर्न नसक्ने उनले बताए । ‘उचित वार्ता र बजेट व्यवस्थापनबाट मात्र यो समस्या समाधान हुन्छ,’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया