संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक आएन : हीतराज पाण्डे
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले नआएको बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे । उनले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए । उनले बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए । उनले बजेट बनाउने प्रक्रियालाई सच्याउने बताए ।
प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताका साथ लाग्नुपर्नेमा जोड दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया