संसदमा सुमना श्रेष्ठको प्रश्न : नर्सहरूलाई महिनामा १५ हजार तलब दिएपछि विदेशिँदैनन् त ?
काठमाडौँ– रास्वपा सांसद सुमना श्रेष्ठले श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सरकारले लगानीको विस्तार गर्न आवश्यक रहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले सरकारले स्वास्थ्य सेवामा लगानी भित्र्याउनुपर्ने बताइन् ।
‘स्वास्थ्य भन्नेबित्तिकै अस्पताल र डाक्टर मात्रै होइन, रोकथाम र उपचार पनि स्वास्थ्य हो । स्वास्थ्य भनेको लगानी हो, खर्च होइन,’ उनले भनिन् ।
नर्स पनि न्यून तलबमा काम गर्न बाध्य रहेको उनले बताइन् । ‘नर्सहरूलाई महिनामा १५ हजार तलब दिएर राख्छौँ अनि विदेशिँदैनन् त ? त्यही १५ हजार तलब पनि तीन महिनादेखि उपलब्ध गराइएको छैन ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया