संसद्

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयकमाथिको छलफल जारी रहने

इकागज |
असार ४, २०८० सोमबार ७:१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । 


आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो । 


Author

थप समाचार
x