संसद्

वञ्चरेडाँडामा जनजीवन त्रासपूर्ण : विमला सुवेदी

इकागज |
असार ४, २०८० सोमबार १२:२० बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले वञ्चरेडाँडामा मापदण्ड विपरीत काठमाडौं उपत्यकाको फोहोर र मानव कंकालसमेत विसर्जन गर्दा जनस्वास्थ्यमा भएको असरको कुरा सदनमा उठाएकी छिन् ।

सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसो भनेकी हुन् ।


उनले भनिन्,‘ स्थानीय जनता दिनदहाडै कुकुर, स्याल, गिद्धहरूको आतङ्कमा छन् । फोहोरसँगै मान्छेको लास, सालनालसहितका नवजात शिशुहरूसहितको मानव कंकालहरू भेटिने गरेको छ ।’

‘त्यहाँका जनताहरू फोहोर सँगसँगै मसानघाटको त्रासले बाँच्न बाध्य छन् । फोहोर सँगसँगै मान्छे बस्न सक्दैन,’ उनले भनिन् ।   


Author

थप समाचार
x