संसद्

सुनसरी जिल्लालाई मकै जोन पनि भनियोस् : सांसद आचार्य

इकागज |
असार ४, २०८० सोमबार १२:२४ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद भिमप्रसाद आचार्यले सुनसरी जिल्लामा कृषितर्फ विगतमा पाँच जोन भएकोमा थप एक कृषिजोन बनाइनुपर्ने जिकिर गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सुनसरीको १० हजार हेक्टरमा उन्नत मकै खेती हुने भएकाले मकै जोनपनि थप गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत देशैभर १७७ कृषि जोन छन् ।


सुनसरीलाई विगतमा धान, तरकारी, माछा, बङ्गुर, अदुवा र हल्दी गरेर पाँचवटा जोनको जिल्ला भनिन्थ्यो  । अब मकैजोन पनि थप गर्नुपर्ने आवश्यकता छ । यी खेतीहरूका लागि भौतिक, प्राविधिक, आर्थिक साथै ड्रायर मेसिन, विक्री केन्द्र शितभण्डार, स्टोर र बजारको राम्रो व्यवस्था गर्नुपर्ने छ ।

‘यसका लागि सुनसरीको प्रधानमन्त्री कृषि आधुनिकीकरणकाे कार्यालयमा थप मानव संसाधनकाे समेत आवश्यक रहेको छ,’ उनले भने । 


Author

थप समाचार
x