संसद्

सरकारले बाढी पहिरोको पूर्वसूचना दिलाओस् : गुरुङ

इकागज |
असार ४, २०८० सोमबार १२:४९ बजे

काठमाडौं – नेकपा एमालेका सांसद मनबहादुर गुरुङले ताप्लेजुङ, सङ्खुवासभामा आएको विपद्लाई लिएर दुःख व्यक्त गर्दै सरकारले यस्ता जोखिमका बारे पूर्वसूचना दिनुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले २०६३सालको कास्कीको पहिरोलाई सम्झँदै मादी क्षेत्र र २०६८को सेती नदीको बाढीको घटनालाई उदाहरण दिँदै त्यस्ता हिमतालका क्षेत्रमा निरिक्षण गर्न, पूर्व सुचना दिन र सतर्कता अपनाउने काम तत्काल गर्नुपर्ने सरकारलाई आह्वान गरेका छन् । 


उनले भने, ‘ जलाधार क्षेत्रमा पूर्व सूचना दिने काम तुरुन्तै गर्नुप¥यो, हामी श्रावण, भाद्रमा मात्रै तात्छौँ ।’  

साथै उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने निर्णय कार्यान्वयन गन सरकारको तर्फबाट के–कस्ता काम भएको र बजेटको व्यवस्था भए नभएको जिज्ञासा सदनमा  जिकिर गरेका छन् ।  


Author

थप समाचार
x