संसद्

विद्यालयका कर्मचारीका मागप्रति सरकार गम्भीर बनोस् : मानवीर राई

इकागज |
असार ४, २०८० सोमबार १३:५० बजे

काठमाडौं – नेकपा एमालेका सांसद मानवीर राईले विद्यालयका कर्मचारीको आन्दोलनको विषय उठान गर्दै सरकारलाई यसप्रति गम्भीर हुन ध्यानाकर्षण गरेका छन् । ​सोमबारको प्रतिनिधिसभामा बोल्दै उनले विद्यालय शिक्षकहरूको न्यून तलबमा काम गर्नुपर्ने वाध्यतालाई औंल्याउँदै त्यसो भनेका हुन् । 

उनले भने, ‘ विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् । १० हजार, १३ हजार तलबमा काम गर्नु परेको छ । उहाँहरूको मागप्रति सरकार गम्भीर बनोस् । उपयुक्त रोजगारको व्यवस्था गरोस् ।’


‘स्वदेशी किसानहरू आफ्ना उत्पादन फालेर बसेका छन्,’ उनले भने, ‘उनीहरूलाई उचित मूल्य दिलाउन सरकारले तदारुकता दिलाओस् ।’


Author

थप समाचार
x