संसद्

सांसद पोखरेलको प्रश्न : सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको हो ?

इकागज |
असार ४, २०८० सोमबार १४:२८ बजे

काठमाडौँ– नेकपा एमालेकी सांसद मेनुकाकुमारी पोखरेलले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएकाे साङ्घातिक आक्रमणको मुद्दामा सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएकी छिन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको मुद्दा सरकारले फिर्ता लिएको कुरा पत्रपत्रिकामा प्रकाशनमा आएको विषयलाई लक्षित गर्दै आपत्ति जनाएकी हुन् । 


उनले भनिन्, ‘सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको हो की शैक्षिक संस्थाका रूपमा विकास गराउन खोजेको हो ? अपराधीहरूलाई छुटाएर, संरक्षण गरेर, तिमी जेसुकै गर हामी जोगाउँछौँ, त्यहाँ पढाइ हुनु पर्दैन भन्ने ?’

'सरकारले भएभरका युवालाई विदेश पढ्न पठाउने र देशलाई कंगाल बनाउने स्थितिको सिर्जना गर्न खोजेको हो ?’ भन्दै उनले सभामुख मार्फत सरकारलाई प्रश्न गरिन् । 

 


Author

थप समाचार
x