संसद्

नागरिकता विधेयकलाई लिएर राजनीति नगर्न आग्रह

इकागज |
असार ४, २०८० सोमबार १५:१० बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकलाई लिएर राजनीति नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा लिङ्देनले एमाले, राप्रपा लगायतका प्रतिपक्षी दललाई नागरिकता विरोधी देखाएर सत्तापक्षले भोट बैंकका रूपमा प्रयोग गर्न खोजेको भन्दै नागरिकता विधेयकलाई लिएर राजनीति नगर्न आग्रह गरेका हुन् ।


नागरिकता विधेयकको प्रक्रियाका विषयमा मात्रै आफूहरूको सहमति भएको भन्दै उनले नागरिकताविहीनलाई नागरिकता दिनुपर्नेमा कुनै दुविधा नरहेको जिकिर गरे । लिङ्देनले भारतलाई खुसी पार्नका लागि जानाजान नागरिकता विधेयक अघि बढाएको र अहिले अदालतबाट रोक्ने काम भएको उल्लेख गरे ।

उनले मुलुकको परराष्ट्र नीति सत्ता केन्द्रित भएको आरोप पनि लगाए । मुलुकको भूमि भारतले आफ्नो नक्सामा पार्दा पनि बोल्न नसक्ने र खुसी पार्न जे पनि गर्ने अवस्थाले मुलुकको परराष्ट्र नीति मजबुत हुन नसक्ने उनको भनाइ छ ।

 


Author

थप समाचार
x