लिपुलेक, लिम्पियाधुरा, कालापानीका लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियो : सांसद शर्मा
काठमाडौँ- नेकपा एमालेकी सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछुट्टयाउनुले शंका उब्जाएको बताएकी छिन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सीमा संरक्षण गर्न सरकारले बजेट नछुट्टयाउनुले शंका उब्जिएको बताएकी हुन् । उनले सो क्षेत्रका नागरिकहरूको जनगणना किन गरिएन भन्ने प्रश्न समेत गरिन् ।
भारतमा ग्रेटर भारतको नक्सामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने उनले बताइन् । उनले भारत सरकारलाई पत्र पठाएर सो नक्सा खारेज गर्न लगाउनुपर्ने माग गरिन् । उनले इपिजी प्रतिवेदन नेपालका प्रधानमन्त्रीले एकतर्फी रूपमा बुझेर भए पनि त्यहाँ उल्लेखित विषयहरू नेपाली जनतालाई सार्वजनिक गर्नुपर्ने बताइन् ।
सांसद शर्माले एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारको तयारीको सम्बन्धमा पनि प्रश्न गरिन् । उनले परराष्ट्र मन्त्रालयमा विनियोजित बजेट कम भएको बताइन् । विनियोजित बजेटले कूटनीतिक मर्यादालाई व्यवस्थित गर्न नसक्ने उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया