संसद्

प्रतिनिधि सभा बैठकः तीन मन्त्रालयको बजेट माथि छलफल हुने

इकागज |
असार ५, २०८० मंगलबार ६:२९ बजे

फाइल फोटो

काठमाडौं - आज प्रतिनिधि सभाको बैठक बस्दैछ । 

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । 


आजको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल हुनेछ।

 हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो । 
 


Author

थप समाचार
x