संसद्

सांसद सुमना श्रेष्ठको प्रश्नः जबसम्म प्रश्न बुझिँदैन उत्तर के दिने ?

इकागज |
असार ५, २०८० मंगलबार १२:१ बजे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा हरेक भाषामा लाखौं विद्यार्थी पढे पनि परीक्षामा अङ्ग्रेजीमा मात्रै प्रश्न सोध्ने गरेको गुनासो पोखेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसो भनेकी हुन् । उनले भनिन्, ‘ नेपाली विषयमा पढाइएपनि प्रश्न अङ्ग्रेजीमा मात्रै आउँछ । हजारौं विद्यार्थीहरू प्रश्न नबुझेर उत्तर लेख्न सक्दैनन् र फेल हुन्छन् । हाम्रा लाखौँ विद्यार्थीहरू सरकारी स्कुलमा पढ्छन् जहाँ अङ्ग्रेजी पनि नेपाली विषयमा पढाइन्छ ।’ 


उनले थपिन्, ‘कुनै पनि विद्यार्थीलाई उसले पढाइको माध्यम नै नबनाएको विषयमा पारङ्गत नभएका कारण अज्ञानी साबित गराउन पाईंदैन । विद्यार्थीले जुन विषयमा पढेका छन् सोही भाषामा प्रश्न पाउने वातावरण मिलाऔँ । यो गाह्रो काम होइन । प्रश्नपत्रमा अङ्ग्रेजी, नेपाली दुवै भाषमा लेखिदिए पुग्छ ।’ 

‘अङ्ग्रेजीमा पढ्नेले अङ्ग्रेजीमा र नेपालीमा पढ्नेले नेपालीमा लेख्न पाउनुप¥यो । यो कहिलेसम्म गर्नुहुन्छ ?’ , उनले सदनमा प्रश्न गरिन् ।  


Author

थप समाचार
x