मौलिक हकहरूको कानुनी व्यवस्था गरियोस् : अब्दुल खान
काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले संविधानले दिएका मौलिक हकहरूको कानुनी व्यवस्था गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खानले यस्तो माग गरेका हुन् ।
‘हाम्रो संविधानको धारा सैँतालिसमा मौलिक हकको कार्यान्वयन सम्बन्धी उल्लेख गरिएको छ । संविधान जारि भएको तीन वर्षभित्र मौलिक हकहरूको कार्यान्वयनमा कानुनी व्यवस्था हुनुपर्छ भन्ने उल्लेख छ,’ उनले भने, ‘तर आठ वर्ष बितिसक्दा पनि मौलिकहरूको कानुनी व्यवस्था नभएको कारणले धेरै दलित, मुश्लिम, जनजाति आदिवासीहरू विभिन्न अधिकारहरूबाट बञ्चित छन् । त्यसकारण छिटोभन्दा छिटो मौलिकहरूको कानुनी व्यवस्था गरियोस् ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया