संसद्

चिया श्रमिकले न्यूनतम ज्याला पनि पाएका छैनन् : राजवंशी

इकागज |
असार ६, २०८० बुधबार १२:४३ बजे

काठमाडौँ– प्रतिनिधिसभा सांसद अमृतलाल राजवंशीले चिया श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै गुनासो गरेका छन् ।

 बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।  


‘चिया श्रमिकहरूले २०७९ साल श्रावण १ गतेदेखि न्यूनतम नेपाल सरकारले तोकेको अरु उद्योग सरह  ५ सय २४ रुपयाँ ज्याला पाउनुपर्ने,’ उनले भने, ‘तर हाल सम्म लागू हुनसकेको छैन । यो छिटो भन्दा छिटो लागू होस् ।’

सांसद राजवंशीले चिया श्रमिकको ज्यालाबारे सरकारलाई गम्भीर ध्यान दिनसमेत अनुरोध गरे । 
 


Author

थप समाचार
x