दुग्ध विकास बोर्ड खारेज गर्नु खेदजनक छ : सांसद अशोक कुमार चौधरी
काठमाडौँ–प्रतिनिधिसभा सांसद अशोक कुमार चौधरीले सरकारले दुग्ध विकास बोर्डको खारेजी गर्नु खेदजनक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।
‘नेपालमा करिब ३० लाख दुध किसान छन् भने छ सय दुघ उद्योग र १८ सय दुध सहकारी संस्थाहरू छन्,’ उनले भने, ‘दैनिक १ करोड उपभोक्ताबीच समन्वय साथै मूल्य र गुणस्तरीयमा नियमन गर्ने एकमात्रै निकाय दुध विकास बोर्ड खारेज गर्नु खेदजनक छ ।’
उखु किसानहरूका लागि यस्ता बोर्डहरू नहुँदा किसानहरू आन्दोलित हुनुपरिरहेको र कतिपयले त आत्महत्याको बाटो रोज्नुपरेको उनले बताए ।
दुग्ध विकास बोर्ड हटाउँदा दुध किसानहरूले पनि त्यही बाटो अपनाउन सक्ने भन्दै यसलाई खारेज गर्न नहुने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया