संसद्

रासायनिक मलको आपूर्ति विगतका वर्षमा भन्दा सुदृढ भएको छ : प्रधानमन्त्री

इकागज |
असार ८, २०८० शुक्रबार १२:३१ बजे

काठामाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहालले विगतका वर्ष भन्दा यस वर्ष रासायनिक मलको आपूर्ति सुदृढ भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा सांसद अब्दुल खानले मलको विषयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो उत्तर दिएका हुन् । 


‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘२०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री ढिपोहरूमा मौज्दात रहेको छ ।’

भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिना भित्र नेपाल भित्रिने व्यवस्था गरिएको उनले जानकारी दिए । धान रोप्ने सिजनमा विगतको जस्तो  मल अभाव हुने अवस्था नरेकोसमेत उनले बताए ।


Author

थप समाचार
x