संसद्

निजगढ विमानस्थल बनाउनै पर्छ, त्यसको विकल्प छैन : योगेश भट्टराई

इकागज |
असार ८, २०८० शुक्रबार १३:२७ बजे

काठमाडौँ–नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले निजगढ विमानस्थल बनाउनुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 


‘त्रिभुवन विमानस्थलमा ९० लाख यात्रु अर्को वर्ष पुगि हाल्छ । अहिले ९० वटा जति उडान छ,’ उनले भने, ‘कोभिड अगाडि हामी ११० देखि ११५ वटा उडान गरेका छौँ । अर्को वर्ष ११०/११५ उठान हुनेबित्तिकै काठमाडौँ एयरपोर्ट स्याचुरेटेड हुन्छ । ट्रफिक जाम लगायतका समस्याहरू छन् । पार्किङको ठाउँ छैन । त्यसकारणले यसको विकल्प निजगढ बाहेक अर्को कुनै पनि छैन ।’

यस्तै उनले भैरहवा र पोखरा विमानस्थल बनाएरकोमा कुनै गल्ती नभएको पनि स्पष्ट पारे । यी विमानस्थल पर्यटकीय क्षेत्रमा भएकाले पोखरा र भैरहवाले आफैँ यात्रु उत्पादन गर्ने बताए ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले वार्षिक झण्डै ८५ लाख यात्रुहरूलाई सेवा दिइरहेको छ,’ उनले भने, ‘यो विमानस्थलको अधिकतम क्षमता ९० लाख हो । त्यसकारण हामीलाई अर्को विमानस्थल चाहिन्छ । कतिपयले भनेका छन्, भैरवामा छ, पोखरामा छ त्यसले गर्दा त्यता सिफ्ट गरे भइहाल्छ । मलाई लाग्छ भैरहवा र पोखराले आफैँ उत्पादन गर्ने हो । किनभने ती दुईटै हाम्रा पर्यटकीय गन्तब्यका ठाउँमा भएका एयरपोर्ट हुन् । ती एयरपोर्ट बनाएर कुनै ठूलो गल्ती भएको मलाई लाग्दैन ।’
 


Author

थप समाचार
x