संसद्

सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैन : सुमना श्रेष्ठ

इकागज |
असार ८, २०८० शुक्रबार १४:२५ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग उनले सो कुरा बताएकी हुन् ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरूलै औंल्याए पनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारिन् । उनले विपद् पोर्टल पालिका स्तरमा पुर्याउने कुरा बजेटमा उल्लेख भए पनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गरिन् ।


सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

 


Author

थप समाचार
x