संसद्

सांसद भट्टराईकाे टिप्पणी : नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह

इकागज |
असार ८, २०८० शुक्रबार १४:३५ बजे

काठमाडौँ- नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् । उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए । उनले यदी ग्राउण्ड ह्याण्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए ।


सांसद भट्टराईले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको जिकिर गरे । उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको औंल्याए । निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको उनकाे भनाइ छ ।

उनका अनुसार नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरूका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै  वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेका छन् । उनले एमालेले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टि जनाए ।

उनले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताए । उनले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसाबले सुधार गर्न आवश्यक रहेको बताए ।

सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि  निजीकरण गर्यो भनेर काम गर्न नदिइएको बताए । उनले सर्वसाधारण समेतलाई शेयर निष्कासन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको र त्यसका लागि प्रबन्धपत्र तयार भएको उल्लेख गरे ।


Author

थप समाचार
x