विद्यालका कर्मचारीको समस्या समाधान गर्न सांसद पौडेलको माग
काठमाडौँ– पूर्व शिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारसँग विद्यालयका कर्मचारीहरूको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिँदै उनले सार्वजनिक विद्यालय सुधार अभियानलाई सफल बनाउन विद्यालयका कर्मचारी र शिक्षकहरूसँग विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलो गर्न नहुने बताए ।
विद्यालयका कर्मचारीहरू लेखापाल र कार्यालय सहयोगीको सेवा सुविधा खरदार सरह हुनुपर्ने माग गर्दै आइरहेको बताउँदै उनले भने, ‘शिक्षक महासंघसँग २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो । त्यसैगरी २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यस प्रकारका समस्याहरू समाधान गर्न सरकारको तर्फबाट प्रतिबद्धता गरिएको थियो । आजसम्म ती समस्याहरू हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठ्दै गर्दा पनि शिक्षकका समस्याहरू हल नहुनु गम्भीर विषय हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया