संसद्

महिलाहरू घरभित्रै सुरक्षित छैनन् : सांसद तिवारी

इकागज |
असार १०, २०८० आइतबार १२:० बजे

काठमाडौं – नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले बढ्दो महिला हिंसाको घटनालाई लक्षित गर्दै महिलाहरू आफ्नै घरभित्रै सुरक्षित नभएको  जिकिर गरेकी छिन् ।  

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले हालै काभ्रे र भोजपुर जिल्लामा घटेको घटनाको उदाहरण दिँदै त्यसो भनेकी हुन् । उनले भनिन्,‘ देशमा आर्थिक मन्दी छ ।  बढ्दो बेरोजगारी, गरिबी र कानुनी सचेतनाको कमीका कारण महिलाहरूमाथि घरेलु हिंसा, हत्या बढ्दो छ ।’


भर्खर काभ्रेको नमोबुद्ध नगरपालिका नगरसभाकी सदस्य ज्ञानी बिक र भोजपुर जिल्लाको आमचोक गाउँपालिका–१ भञ्जयाङखर्क बस्ने सावित्रा विकको हत्याको उदाहरण दिँदै उनले सरकार गम्भीर भएर छानबिनमा लाग्नुपर्ने माग गरिन् । 

सदनमा बाेल्दै उनले मृत लासमा षडयन्त्र भएको र यसको कडा छानबिन होस् भन्दै  सभामुख मार्फत नेपाल सरकारको गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।   


Author

थप समाचार
x