ललिता निवास प्रकरणमा ठूला माछालाई पनि ढोक्सामा पार्ने व्यवस्था सरकारले गरोस् : सांसद खतिवडा
काठमाडौँ–नेपाली कांग्रेसका सांसद रमहरि खतिवडाले ललिता निवास प्रकरण्मा संलग्न ठूला अन्य ठूला व्यक्तिलाई पनि समाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो,’ उनले भने, ‘ठूला चार आना, आठ आना, १६ आना र ३२ आनाका माछाहरू पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । साना भुरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस् ।’
यस्तै खतिवडाले जलहरि प्रकरणमा स्वर्ण अक्षरमा नाम लेख्न छुटेका मन्त्री र उनका सहयोगीको नाम छुटेको भए लेखियोस् भन्दै व्यंग्यसमेत गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया