संसद्

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना

इकागज |
असार १५, २०८० शुक्रबार १७:२ बजे

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताएका छन् । शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसदमा विषयवस्तुहरू राख्दा आफूलाई ग्लानि हुने किसिमको नबोल्न आग्रह गरे । उनले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताए ।


अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरूले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताए ।


Author

थप समाचार
x