संसद्

सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ गरेको छैन : कानुनमन्त्री गुरुङ

इकागज |
असार १७, २०८० आइतबार १६:३४ बजे

काठमाडाैँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ नगरेको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।


मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे । उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटकपटक दोहोर्याए ।

मन्त्री गुरुङले वित्तीय अनुशासन उल्लंघन गर्नेहरूलाई सरकारले नछोड्ने पनि दोहोर्याए ।


Author

थप समाचार
x