हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छ : सांसद सुवाल
काठमाडौँ- प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका हुन् ।
उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने जिकिर गरे । उनले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए । त्यस्तै निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताए ।
सुवालले विदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्र्याइरहेको उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया