राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गरेको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गरेका हुन् ।
सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताए । उनले भने, 'नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुत हुन्छ, ऋण लिन जरुरी हुँदैन ।'
यस्तै, सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालय अन्तर्गतका बेरुजु र शोधभर्नाका कारण ऋण लिनसक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताइन् । 'बजेटको आधाभन्दा बढी बेरुजु छ । कुन विश्वासका आधारमा अझै पनि ऋण लिने ?' उनले प्रश्न गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया