संसद्

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

इकागज |
असार १७, २०८० आइतबार १७:३४ बजे

काठमाडौँ- प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ ।​

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।


प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

 


Author

थप समाचार
x