कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० पारित
फाइल तस्बिर
काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० सर्वसहमतिले पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । समितिको आजको बैठकमा कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।
संघीय संसदको प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिए । समितिको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउनका लागि संघीय संसदको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया