प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक पारित गरिने
फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
संघीय संसद् सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विधेयक २०८० माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
साथै सो विधेयकमाथी छलफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया