राष्ट्रिय सभा बैठक बस्दै : बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २:३० बजे बोलाइएको छ ।
आजको बैठकमा बिनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया